स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोना संक्रमण देखिए पकेट एरिया ‘लक डाउन’ गर्छौं


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण देखिएमा निश्चत क्षेत्र तोकेर लक डाउन गर्ने बताएको छ । सरकारले कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना बनाएको हो ।
‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रवक्ता डा. विकास देवकोटाले भने ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कोरोना संक्रमण विकसित भएअनुसार व्यवस्थापन गर्ने गरी तयारी गरेको बताएका छन् । उनले ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको बताएका छन् ।
null
अहिलेसम्म साढे ४ सयको परीक्षण गर्दा एकजनामा बाहेक अरुमा संक्रमण देखिएको नदेखिएकोब बताए । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको उनले बताए ।
आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल समेत परिचालन गरिने मन्त्रालयमा प्रवक्ता देवकोटाले बताएका छन् ।
विश्वभर कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढीरहेको छ । भारतले भोलिदेखि पर्यटक आवागमन रोके लगाएको छ । यस्तै भारतले संक्रमण फैलिएका देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भएको छ ।
यस्तै अमेरिकाले पनि बेलायतबाहेक युरोेपेली देशबाट अमेरिका यात्रा गर्ने यात्रुहरुका लागि एक महिनासम्मका लागि रोक लगाएको छ ।
यस्तै, नेपालले पनि संक्रमण फैलिएको देशबाट आउने जो कोहीलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ ।
