लुक्लाका लागि उडेको जहाज आकस्मिक अवतरण

चैत्र ९, रामेछाप । समिट एयरको विमान रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। विमानको दुवै इन्जिन फेल भएपछि आइतबार बिहान आकस्मिक अवतरण गरिएको हो।   

काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उक्त विमानलाई इन्जिन फेल भएपछि अवतरण गरिएको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए। विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन।  

‘समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे। तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराए।’ एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो।  

अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए। तर जहाज सामान्य रुपमै अवतरण भयो। दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परीक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानबिन थालेको जानकारी दिए।  

लुक्लाका लागि उडेका यात्रुहरुलाई तारा एयरको विमानले लिफ्ट गरेर गन्तव्यमा लगेको नागरिक उडड्यन कार्यालय रामेछापले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *