चौधरी फाउण्डेशनले वीपीलाई दियो पिपिई सेट

चैत्र १४, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यापारिक समूह चौधरी ग्रुपले कोरोना भाइरस संक्रमणबाट जोगिन चिकित्सकले लगाउने पिपिई प्रदान गरेको छ । 

कोरोना भाइरस संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने १० वटा रक्षात्मक पोशाक (पिपिई) चौधरी ग्रुपले हस्तान्तरण गरेको हो । 

चौधरी ग्रुपको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई उक्त पिपिई उपलब्ध गराइएको हो । उक्त पिपिई चौधरी फाउन्डेसनका रामचन्द्र धिताल, अर्जित मणि ढकाल, मोहनीलाल गोतामेको टोलीले प्रतिष्ठानमै आएर प्रतिष्ठानका वाल रोग विभागका डा. मुकेश भट्ट र डा. वीरेन्द्र मण्डललाई दिएका थिए । 

चौधरी फाउन्डेसनका प्रतिनिधि रामचन्द्र धितालले फाउन्डेसनले २०७२ सालको भूकम्प, २०७५ सालको बारा पर्साको हावाहुरी, २०७६ सालको कोरोना भाइरस महामारीमा सहयोग गरेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *