काठमाडौँ आउँदै गर्दा पक्राउ परे बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी

फाेटाे स्राेतः गुगल 

फागुन २२, काठमाडौँ । काठमाडौँको चन्द्रागिरिबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।   

नौ लाख चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको उक्त प्रतिवादीलाई झापाबाट काठमाडौँ आउँदै गर्दा चन्द्रागिरिमा यात्रुवाहक बसबाट पक्राउ गरिएको हो ।   

Image result for पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको हो ।   

पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको  प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *