‘लकडाउन’ले समस्यामा परेकालाई ५ हजार सहयोगको घोषणा

चैत १२, काठमाडौं। भारतको दिल्ली सरकारले निर्माण क्षेत्रका मजदुरलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। भाइरस संक्रमण (कोभिड-१९) को कारण रोजागारी गुमाएका मजदुरलाई पाँच पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।   

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउनका कारण धरै मजदूर समस्यामा परेकोले निर्माण क्षेत्रमा सहभागी मजदुरलाई जीवन यापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोगको घोषणा गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

दिल्लीमा भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइने छ। दिल्लीमा निर्माण क्षेत्रमा करिब चार लाख कामदार दर्ता भएका छन्। आर्थिक सहयोग सीधा तिनीहरूको खातामा जानेछ। 

‘यो कठिन अवस्थामा दैनिक ज्लादारी मजदुरको जीविका चलाउनका लागि पाँच हजार रुपैयाँ दिइनेछ,’ केजरी वालले भनेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *