राष्ट्रसंघका ८६ कर्मचारीमा कोरोना संक्रमण

चैत १५, काठमाडौं। संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन्। 

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन्। त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन्। 

बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए। उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ। राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै ४ हजार कर्मचारीमध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए। 

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमितरुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन्। रासस/एपी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *