जनप्रतिनिधि विरुद्ध जनता


चैत्र २, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ३ का जनताहरु आफूले भोट हालेर जिताएका जनप्रतिनिधिको विरुद्धमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी उमेदवार रामशरण हुँमागाईँ विरुद्ध दाहाल चौरका स्थानीयबासी आक्रोशित भएका हुन् ।
जनसंख्याको हिसाबले १५०० भन्दा बढी भोटर भएको दहाल चौरमा भन्दा जम्मा २०० भोटर भएका भेडाबारी भन्ने स्थानमा वडा नं. ३ को वडा कार्यालय स्थापना गर्न नगरपालिकाले टेन्डर आह्वान गरेपछि दाहाल चौरका स्थानीय बासी आक्रोशित भएका हुन् ।
पटक पटक नगरपालिकामा ज्ञापनपत्र बुझाउँदा पनि नगरपालिकाले आस्वासन मात्र दिएको र पछिल्लो समय टेन्डर नै आह्वान गरेर जनगुनासोको वेवास्ता गरेकाले स्थानीयहरुले वडाकार्यालयमा धर्ना समेत दिएका थिए । सोही क्रममा कांग्रेसका कार्यकर्ताले वडा कार्यालय लुटटपाट गरे भनेर झुट्टा हल्ला समेत सञ्चार माध्यममा फैलाइएको स्थानीय रामहरी दाहालले बताए ।
null
‘अशक्त बालबालिका र वृद्धहरुलाई वडाकार्यालय धाउन असहज हुने र धाएर जाँदा समेत वडाअध्यक्ष कार्यालयमै नभेटिने भएपछि भुगोल र जनसंख्याको हिसाबले वडा कार्यालय सबैलाई शुलभ पर्ने स्थानमा राख्न हामीले विरोध गरेका हौँ ।’ स्थानीय एक महिलाले बताईन् ।
पहिला गा.वि.स. हुँदा गा.वि.स. कार्यालय स्थानीय दहाल चौरमै भएको र पछि वडा ३ र ४ को संग्युक्त वडाकार्यालय भकुण्डेबेसी मै रहँदा समेत हामी सबैलाई सहज थियो। अहिले वडाको पल्लो कुनामा लगेर वडाकार्यालय राखेपछि बाटो घाटो नै छैन कसरी पुग्नु । हिँडेर जाँदा कम्तिमा २ घण्टा लाग्छ नगए पनि सुख्खै छैन स्थानीयहरु आफ्नो पिडा सुनाउँछन्।
पटक पटक विवादमा पर्दै आएको नमोबुद्ध नगरपालिका पछिल्लो समय अख्तियारको समेत फन्दामा परेको थियो । तर अख्तियारले अनुसन्धान फितलो गरेको भन्दै यतिबेला समग्र नगरबासी चिन्तित देखिन्छन् ।
