३०५ विदेशी पर्यटकसहित उड्यो कतार एयरलाइन्सको विमान

चैत्र १४, काठमाडौँ । नेपालमा अलपत्र परेका ३०५ विदेशी नागरिकलाई लिएर कतार एयरलाइन्सको चार्टर्ड विमान उडेको छ । 

दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले एयरबस ३३०–३०० विमानलाई उडान अनुमति दिइएको त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पुष्टि गरे ।  

युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइएको थिएन ।  

चैत ९ गतेदेखि कोरोना भाइरसको संक्रमणको सम्भावना रोक्न सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । विदेशी नागरिक अलपत्र परेपछि जर्मन सरकारको अनुरोधमा सरकारले विशेष उडानको अनुमति दिएको हो ।  

जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेको बताइएको छ । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *