सन्नीलाई भयो कोरोनाको डर, लिन मानिनन् फ्यानसँग सेल्फी

फाेटाे स्राेतः गुगल 

फागुन २३, काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनीले कोरोना भाईरसका कारण आफ्ना फ्यानसँग सेल्फी लिन अस्विकार गरेकी छिन् ।   

उनले फ्यानलाई निराश बनाउन नचाहेको तर आफू कोरोनाको संक्रमणबाट बच्न  फ्यानसँग सेल्फी  लिन नमानेको बताएकी छिन् ।  उनले भनिन् ‘मलाई कोरोनाबाट संक्रमित हुनु छैन । त्यसैले मैले सेल्फी आस्विकार गरेको हुँ । नत्र मेरो फ्यानलाई मैले निराश बनाउने थिइन् ।’ 

Image result for सन्नी लियोनी

सन्नीले आफू कोरोनाबाट सुरक्षित रहने प्रयास गरिरहेको र अन्यलाई पनि  कोरोनाबाट सुरक्षित रहन आग्रह गरेकी छिन् ।   

अहिले सामाजिक संजाल भरि उनले सेल्फी लिन अस्वीकार गरेको भिडियो भाइरल भइरहेको छ । उनको  यस व्यवहारबाट उनका फ्यानहरु निराश बनेका छन् । धेरैले उनलाई  घमण्डी समेत भनेका छन् भने  उक्त व्यवहारका कारण उनी अहिले सामाजिक संजालमा ट्रोलको शिकार बनेकी छिन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *