कोरोना राहत कोषमा बद्री पंगेनीको सहयोग, कति दिए ?

चैत्र १६, काठमाडौं । लोकगायक बद्री पंगेनीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले गठन गरेको राहत कोषमा ५० हजार रुपैयाँ योगदान गरेका छन् ।  

लकडाउनका कारण घरभित्रै बसिरहेका गायक पंगेनीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ योगदान गरेका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेको उनले जानकारी दिएका छन् । सिंगो देशले भोगिरहेको संकटको बेला देशका ख्यातिप्राप्त कलाकारले आफूले सकेको सहयोग गर्नुपर्ने उनले आग्रह समेत गरेका छन् ।  

बद्री पंगेनी Archives | पोष्ट दैनिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *