लकडाउनको अवज्ञा गर्ने ५ पक्राउ, ८४ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

चैत्र १२, वीरगञ्ज । बारामा लकडाउनको अवज्ञा गर्ने ५ जना पक्राउ परेका छन् । 

सरकारको निर्णय उल्लंघन गर्दै हिँड्ने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले जानकारी दिए । 

उनका अनुसार लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिइएको हो । लकडाउन अवज्ञा गरी चलाइएका ८४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।  

जिल्लाभित्र रहेका औषधी पसल, खाद्यान्न लगायत अति आवश्यक वस्तु बाहेकका अन्य पसल, हाट बजार एवम् मानिसहरू र सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको उनको भनाई छ । 

बारामा जारी निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधनहरू मध्ये ट्रिपर ३ ओटा, ट्रक ९ ओटा,  ट्र्याक्टर २० ओटा, जीप ५ ओटा, बोलेरो ६ ओटा, स्कर्पियो २ ओटा र मोसा १६ ओटा गरी जम्मा २०५ ओटा सवारी साधनलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक कारवाही एवम् सम्झाई बुझाई गरी सवारी फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *