कोराेना संक्रमित देशका नागरिकको यात्रा प्रतिबन्ध किन ढिलो ?– डा. महत

चैत्र ११, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले कोरोना भाइरसको संक्रमणबाट सबै गम्भीर बन्नुपर्ने बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सहमहामन्त्री डाक्टर महतले सरकारले संक्रमणबाट वचन चालेको कदमप्रति असन्तुष्टि समेत व्यक्त गरे। 

नेपालमा कोरोना संक्रमित भएको छ या छैन भनेर ठोस जानकारी नभएको जिकिर पनि महतले गरे। नेपालमा कोरोना संक्रमण भएका देशका यात्रुहरुको आगमन सरकारले समयमै नरोकेर बल्ल रोकेको भन्दै सरकारले यात्रा प्रतिबन्धमा रोक लगाउन ढिलो गर्नु पनि सरकारका कमजोरी भएको महतको दाबी छ। 

यस्तो अवस्थामा सरकारका तर्फबाट रोकथामका लागि संक्रमित देशहरूको अनुभव र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरूप ठोस उपायहरू लागु गर्न कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारलाई सुझाव दिए। 

उनले भनेका छन्– ‘हचुवा र सतही काम नहोस्, तर, यो महामारीबाट बच्ने र बाच्ने काम हामी आम नागरिकले आफै जागरूक भएर लाग्न जरुरी छ। सबैजना विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार चल्नुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *