हलिउडकी ओल्गालाई पनि देखियो कोरोना भाइरस

२०७६ चैत ४ गते

फाेटाेः गुगल
चैत्र ४, काठमाडौँ । हलिउड अभिनेत्री ओल्गा कुरलेन्को आफूलाई कोरोना भाइरस (कोभीड–१९) भएको जानकारी गराएकी छिन् ।
कोरोना भाइरबाट ग्रसित ४० वर्षीया अभिनेत्री ओल्गाले सोसल मिडिया ईन्स्टाग्राममा घरको झ्यालको एक तस्बिर पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको जानकारी गराएकी हुन् ।
उनले आफूलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरु देखिएपछी स्वास्थ्य परिक्षण गर्दा आफूमा कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको बताएकी छिन् ।
जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा अभिनय गरेकी ओल्डाले कोरोना भाइरसको संक्रमण देखिएपछी आफूलाई कोठाभित्र बन्द गरेर राखेको समेत जानकारी गराएकी छिन् ।

२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित