सही उमेर बताउँन नसक्दा ट्रोलको शिकार भईन् बलिउड स्वरा

फागुन १२, काठमाडौँ । बलिउड अभिनेत्री स्वरा भास्करले आफ्नो उमेर गलत बताएपछी एकचाेटी पुनः  ट्रोलको शिकार भएकी छिन् ।   

डिबेट शोमा पुगेकी ३२ वर्षिय स्वराले एक प्रश्नको जवाफमा  गलत भनेपछी उनी ट्रोलका शिकार भएकी हुन् ।   

उनको दिएको यस गलत  जवाफको कारण सामाजिक संजालमा टोलर्सले उनलाई लगातार ट्रोल गरिरहेका छन् । उनीसँगै यस शोमा अभिनेता  मोहम्मद जीशान अयूब र तिग्मांशु धूलिया पनि पुगेका थिए ।   

Image result for बलिउड अभिनेत्री स्वरा भास्कर

उक्त शोमा  अभिनेत्री स्वरालाई  , ‘सन् २०१० मा जब एनपीआरको प्रक्रिया सुरु भयो तब तपाईंलाई समस्या भएन ? ’ भन्ने प्रश्न गरिएको थियो । त्यस प्रश्नको जवाफमा उनले  भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’ 

त्यसपछि प्रयोगकर्ताले उनको लगातार ट्रोल बनाईरहेका छन् ।  विकिपिडियामा  अभिनेत्री  स्वराको जन्म ९ अप्रिल सन् १९८८ मा भएको बताईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *