लम्कीचुहा नगरपालिकामा छाँयो बिकासको लहर, तीन सडक एकै साथ कालोपत्रे हुँदै

फागुन ९, लम्की। कैलालीको लम्कीचुहा नगरपालिकामा एकै साथ तीन वटा सडक कालो पत्रे सुरु गरिएको छ । बिहिवार वडा नं.१,३ र ९ मा शिलान्यास गर्दै सडक कालोपत्रे सुरु गरिको हो ।  

वडा नं.१ मा बहुमुखी क्याम्पस ब्यववस्थीतनगर रोड, वडा नं.३ मा डुडेझारी टीकापुर रोड र वडा नं.९ मा गुलरा प्रतापपुर रोडको संघिय सांसद झपट बहादुर रावल,प्रदेश सभा सदस्य नन्द बहादुर साउँद र लम्कीचुहा नगरपालिका नगर प्रमुख महादेब बजगाईले संयुक्त रुपमा सडक कालो पत्रेको शिलान्यास गरेका थिए । संघिय सांसद झपट बहादुर रावलको बिषेश पहलबाट संघिय सरकारको बजेटमा करिब साडे ३ कि.मी सडक कालो पत्रे गरिन लागेको हो ।   

सांघिय सांसद रावलले बाटोको शिलान्या गर्दै निर्वाचनमा बोलको कुराहरु क्रमश रुपमा पुरा गरिरहेको बताए ।  निर्वाचनमा जनताको माझमा विकास निमार्ण तथा सामाजिक विकासमा बारेमा बोलेको थियौ सांसद रावलले भने” उनले थपे ‘‘अहिले निर्वाचनताका जनता माझ गरेका विकास निमार्ण तथा सामाजिक विकासका कामहरुलाई तिव्रताका साथ अघि बढाई रहेको छौ, आज मात्रै तीन वटाको सडकको शिलन्यास भएको  छ,  विकास निमार्णको काम गुणस्तरीय हुनुपर्दछ ,जस्को प्रत्येक्ष निगरानी राख्ने जिम्मेवारी सोही ठाउँका समुदायको पनि हुन्छ, बाटो निर्माणको क्रममा सबैले निगरानी राख्न आग्रह गर्दछु” । काम सम्पन्न भईसकेपछि काम गुणस्तरीय भएन भन्नु भन्दा पनि निमार्णकै क्रममा भएका कमी कमजोरीलाई तत्कालनै औल्याएर सम्बन्धित पक्षलाई जानकारी गराई गुणस्तरीय बृद्धिमा आफ्नो सहभागिता राख्न सांसद रावलले आग्रह गरे ।     

शिलन्यास कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले नगरलाई धुलो रहित नगरपालिका बनाउनका लागी कटिबद्ध रहेको बताए । उनले भने  ”धेरैलाई निर्वाचन बखत बोलेका कुराहरु सपना हो जस्तो लाग्ने गरेको थियो, आज यर्थातमा परिणत भएका छन्, हिजो निर्वाचनका बेला बिकास निर्माणको काममा कुनै कसुर बाकी राख्ने छैनौ, प्रत्येक सडकहरु कालो पत्रे हुने छन् भन्दा सफना जस्तै लाग्ने गरेको थियो  । ”  उनले थपे ”आज ति सफना जस्तै लाग्ने हाम्रै आखा अगाडी क्रमिक रुपमा पुरा भईरहेका छन ।  जनप्रतिनिधी आउनुभन्दा पहिलाको अवस्थामा कालोपत्रे गरेका बाटाहरु नाम मात्रका थिए । तर , जनताले लडेर ल्याएको राज्य व्यवस्था बमोजिम बनेको संविधान मार्फत जनप्रतिनिधी आएपछि अहिले लम्कीचुहा नगरपालिकाका हरेक वडामा कालोपत्रे बाटो पुगेको छ,  आफ्नो कार्याकालसम्म नगरपालिकाका ८० प्रतिशत बाटो कालोपत्रे गर्ने लक्ष्य सहित लम्कीचुहा नगरपालिकाले  काम गरिरहेको छ । ”  

बिहिवार शिलान्यास गरिएका बाटो कालोपत्रेको ठेक्का रेखा निर्माण सेवा प्रा.लि ले पाएको छ । रेखा निर्माण सेवा प्रा.लिका सञ्चालक जनक शाहीले निर्धारित समयसिमा अगाबै बाटो कालो पत्रे गरिसक्ने दाबी गरे । उनले बाटो निर्माण गर्दा गुणस्तीय काम हून्न की भन्ने आशंका नगर्न सबैलाई आग्रह गरे । 

नगरपालिकामा बाटो कालोपत्रे धमाधम रुपमा हुन थाले पछि जनतामा खुसीयाली छाएको छ । हिजो प्रत्येक सडकहरु कालो पत्रे हुन्छन भन्दा आश्वासन जस्तो मात्र लाग्ने गरेको थियो तर आज आफ्नै आखा अगाडी धमाधम कालेपत्रे सुरु भएको देख्दा निकै हषित भएको स्थानियहरुले बताउने गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *