किशोरीलाई बलात्कार गर्ने पक्राउ
मकालु खबर
२०७६ माघ २१ गते
माघ २१, काठमाडौँ । मंगलबार बिहान पर्सामा १७ वर्षिय एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पर्साको खरीया नगरपालिका ५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियार रहेको ईलाका प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गरेका रौनियारले गत शुक्रबार दिउँसो ती किशोरीलाई बालात्कार गरेका थिए । किशोरीले प्रहरी समक्ष उजुरी दिएपछी उनलाई पोखरीयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित