माग पूरा नभए आमरण अनशन बस्ने भूपु गोर्खा सैनिकको चेतावनी

फागुन ४, काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले फेरि आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।  

राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकले एक महिनाभित्र आफ्ना मागहरू पूरा नभए आमरण अनशन सुरु गर्ने चेतावनी दिएका हुन् ।  

समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा–छोरीहरूलाई बेलायतमा निःसर्त आवासीय भिसा दिनुपर्ने लगायतका माग पुरा नगरे आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।  

माग पूरा नभए आमरण अनशन बस्छौं : भूपू गोर्खा सैनिक

विधवाहरूको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरूको स्वाभिमान, राष्ट्रियता, मानवअधिकार र सम्मानको अनुभूत गर्ने गरी माग पूरा गर्न नेपाल र बेलायत सरकारसँग माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । 

भूपू गार्खाहरूले मार्च १५, २०२० सम्म दुवै देशले समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागका विषयमा गम्भीर नभए आमरण अनशनका साथै मुद्दाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा लैजाने चेतावनीसमेत दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *