कोरोना संक्रमणबाट युरोपमा पहिलो मृत्यु, मृत्यु हुनेको संख्या १६६९ पुग्यो

फागुन ४, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट युरोपमा एक जनाको मृत्यु भएको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण एसियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो । 

सङ्क्रमणका कारण फ्रान्समा एक ८० वर्षीय चिनिया पर्यटकको मृत्यु भएको बीबीसीले जनाएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार उनी १६ जनवरीमा फ्रान्स आइपुगेको र २५ जनवरीदेखि क्‍वारन्टीनमा राखिएको थियो ।   

मुख्यभूमि चीनबाहिर चारजनाको मृत्यु भएको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक-एक जना सङ्क्रमितको मृत्यु भएको हो । शनिबारसम्ममा यो भाइरसबाट एक हजार ६ सय ६९ को मृत्यु भइसकेको जनाइएको छ ।  

कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ । अहिलेसम्म चीनमा मात्रै यो भाइरसबाट एक हजार ६ सय ६५ जनाको मृत्यु भएको हो । सङ्क्रमण उत्पत्ति भएको मानिएको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ । 

चीनमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६६ हजार भन्दा बढि पुगेको छ । फ्रान्सले यसअघि आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमित ११ जना रहेको बताएको थियो । कोरोनाभाइरसलाई औपचारिक रूपमा कोभिड-नाइन्टिन भन्न थालिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *