कोरोनाको लडाईँमा होमिएका यी चिकित्सक, जो कारमै कटाउँछन् रात ! (१० तस्विर)

तस्विरहरूः चाइना डेली 

फागुन ६, काठमाडौं । चीनमा नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुगिसकेको छ भने ७४ हजार ४ सय ३६ जना संक्रमित छन् ।  

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएपछि मृतकको संख्या १८ सय नाघेको हो ।  

कोरोना संक्रमणकाे महामारी फैलिए लगतै नियन्त्रण तथा उपचारका लागि चीनमा रातारात अस्पताल बनाइयो । हरेक शहरबाट चिकित्सक बोलाइए । यसरी ल्याइएका चिकित्सकहरु सडकमा पार्क गरेर राखिएको कारमा रात कटाइरहेका छन् ।  

४४ वर्षिय थु सङ्गजिन र ४० वर्षिया चाओ सान (श्रीमान श्रीमती) पनि यसरी नै कारमा रात कटाइरहेका छन् । वुहानमा नोवेल कोरोना भाइरसका लागि बनाइएको जिनयीनथान अस्पतालमा खटिएका उनीहरु २३ दिनदेखि कारमा रात कटाइरहेको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

थु अस्पतालको दक्षिण तर्फको भवनमा छैठौं तलामा काम गर्छन्। उनकी श्रीमती चाओ प्याडियार्टिक वार्डकी नर्स अहिले सोही भवनको दोस्रो तलामा बनाइएको आइसोलेसन वार्डमा काम गर्दै आएकी छन्। 

नयाँ संक्रमण लगातार तेस्रो दिन घट्दो क्रममा देखिएको चीनले बताएको छ । चीनका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार देशभर दुई हजार ९ जनामा कोभिड–१९ को नयाँ संक्रमण पुष्टि भएको छ । यस्तै थप १४२ जनाको मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् । यसअघिका दुई दिन पनि नयाँ संक्रमणदर घट्दो क्रममा थियो । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *