प्रतिष्ठानले गर्यो हिपको जोर्नी फेर्ने सफल शल्यक्रिया

माघ २७, घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हिपको जोर्नी फेर्ने सफल शल्यक्रिया गरेको छ । प्रतिष्ठानले ५६ वर्षीय एक बिरामीको हिपको सफल शल्यक्रिया गरेको जनाएको छ ।   

प्रतिष्ठानका निर्देशक हाडजोर्नी बिशेषज्ञ डा.सागर पन्थि नेतृत्वको चिकित्सक र नर्सको टोलीले उक्त शल्यक्रिया गरेको हो ।   

साढे चार महिनादेखि बिभिन्न अस्पतालहरुमा देखाउदा पनि उपचार नभएपछि गम्भिर बिरामी परेका उनीे प्रतिष्ठानमा उपचारका लागि आएको डा. पन्थिले बताए । 

उनले सिमेन्टेड बिधिबाट शल्यक्रिया गरिएको र हाडजोर्नीको उपचारका लागि दाङ बाहिर बिरामी जानुपर्ने बाध्यता अन्त्य भएको बताए । बिरामी आफ्नो चार महिना अगाडि हिपको गेडि भाचिएको अबस्थामा प्रतिष्ठानमा उपचारका लागि पुगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *