तनहुँमा दुई बस एक आपसमा ठोक्किँयो

फाेटाे फाइल 

फागुन ११, तनहुँ ।  तनहुँमा आईतबार बिहान दुई बस एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा २० जना घाईते भएका छन् ।   

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा एक आपसमा  ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको हो   

जिल्ला प्रहरी कार्यालयका अनुसार तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । घाइेहरुको उपचार चितवन मेडिकल कलेज, पोखरा, दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ ।   

दुर्घटनापछि अवरुद्ध भएको सडक भने अहिले सुचारु भईसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *