के खानासँग सम्बन्धित छ पेटको आकार ?


फागुन १६, काठमाडौं । चाडपर्वको समयमा हामी धेरै खान्छौँ । धेरै परिकार बनाएर खाने चलन जो छ । यो हुन्छ कि हामी जति खाएपनि भोकाउँछौँ ।
कयौँ मानिसलाई याद होला कि धेरै खाँदा आफ्नो पेटको आकार बढ्दै जान्छ । त्यसैले पनि उनीहरु अझै भोकाएको महसुष हुन्छ ।
तथ्य यो कि हामी जति धेरै खान्छौँ उति धेरै भोकाउँछौँ ।
भोक लाग्नु एक जटिल प्रक्रिया हो।
यो सत्य हो कि यदि हामी खान्छौँ वा पेट खाली छ भने हाम्रो पेटको आकार बढ्छ। जब खाना पच्छ हाम्रो पेट खुम्चिन्छ । पेट गड्गडाउँछ भने यो भोक लाग्ने संकेत हो । यो गर्जनपछि पेट भोजनको आगमन कुर्छ ।
यो साँचो होइन कि धेरै खानाले पेटको आकार बढ्छ । हाम्रो पेट निकै लचिलो हुन्छ । धेरै व्यक्तिहरूमा समान पेटको आकार ओ बेशको हुन्छ। यसको लम्बाई र मोटाइसँग मतलब हुँदैन ।
हाम्रो शरीरमा भोक जगाउने दुई विशेष हर्मोन छन् जसमध्ये एन.पी.वाइ र एजी.आर.पी. जुन हाइपोथ्यालामसबाट निस्क्रित हुन्छन् भने ग्रेलिन चाहिँ पेटबाट उत्पन्न हुने गर्दछ । यस्तोमा जब हाम्रो पेट खालि हुन्छ ग्रेलिन रिलिज हुन्छ र यसले हाम्रो दिमागमा एनपीवाइ र एजीआरपीको उत्पादन बढाउन सुरु गर्छ । यी दुई हर्मोनले नै हामीलाई पेट भरि भएको सन्तुष्टिपूर्ण भावना वा भोकको अनुभूति जगाउने गरेका हुन् । यसमा पनि दुब्ला पातला मानिसहरुमा ग्रेलिनको स्तर मोटा मान्छेको तुलनामा कम हुने गर्दछ ।
यसरी हाम्रो पेटमा एउटा निश्चित हर्मोन प्रणाली हुन्छ जसले पेट खालि भएको कुरा मस्तिष्कलाई बताउँछ । तर यही सम्बन्धका कारण धेरै अवस्थामा हामीलाई बिहान अधिक मात्रामा खाना खाएपनि बेलुका भएपछि भोक लागेजस्तो हुने गर्दछ । उदाहरणका लागि हामीले दुईतीन दिन लगातार बेलुकीको खानापछि सोफामा टिभी हेर्दैगर्दा चिप्स र चकलेट खाने गर्यौँ भने अर्को दिन हामी त्यो ठाउँमा त्यही समयमा बस्नासाथै खाउँखाउँ जस्तो वा भोक लागेजस्तो अनुभूति हुने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।
कतिपय अवस्थामा यस किसिमका खानेकुराहरु एउटा निश्चित समय वा व्यवहारपछि हाम्रो स्मरणमा पुनः सक्रिय हुन थाल्छन् जसले हामीलाई भोक लगाउने गर्दछ । यस्ता चाहाना पूरा गर्न सजिलो हुन्छ तर बानी लागेपछि छुटाउन चाहिँ कठिन हुने गर्दछ । यसकारण पनि ठूलो भोज खाएपछिको अर्को दिन मात्र नभएर तीनचार दिनसम्मै दिनको एउटा निश्चित समयमा हामीलाई धेरै भोक लाग्ने गर्दछ ।
