राज्यमन्त्री दुगड र यूएईका उर्जा तथा उद्योग मन्त्रीबीच लगानीका विषयमा छलफल

फागुन ५, युएई । नेपाल सरकारका उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएको युएईकालागी नेपाली राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटघाटको अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुको चर्चा गर्दै दुई मुलुकहरुले जलविद्युत, नविकरणिय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल गरेका थिए । 

 राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत, उर्जा लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएई सरकार र निजि क्षेत्रलाई नेपालमा लगानीको लागि आव्हान गरेका थिए । साथै राज्यमन्त्री दुगडले नेपालले राजनैतिक स्थायित्व प्राप्त गरे सँगै प्राथमिकताको क्षेत्रको रुपमा दिगो आर्थिक वृद्धि र विकास रहेको बताए ।  युएईका उर्जा तथा उद्योग मन्त्रीले उर्जाको एक महत्वपूर्ण स्रोत जलविद्युत रहेको उल्लेख गर्दै नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेकोले त्यसमा लगानी भित्र्याउन ठोसरुपमा पहल गर्नुपने बताए । 

 राज्यमन्त्री दुगड दुबईमा आयोजना हुनगैरहेको एक्सपो २०२० का प्रतिनिधिहरु सँग भेटघाट तथा उक्त एक्सपोमा निर्माणाधीन नेपाल पेभिलियनको निरिक्षणका लागि युएई आएका हुन् ।  उक्त भेटघाटमा युएईका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल लगायत दूतावासका उच्छ अधिकारिहरुको समेत सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *