प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ पक्राउ

फागुन १२, पोखरा । सोमबार पोखरास्थित जनप्रिय क्याम्पस नजिकै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ परेका छन् ।   

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री  ओलीलाई बिभिन्न नाराबाजी गर्दै कालोझण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रधानमन्त्री ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए ।   

Image result for प्रधानमन्त्री

प्रहरीले समाजवदीका विद्यार्थी युनियनका  विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जनालाई पक्राउ गरेको हो।   यसैगरी प्रहरीले नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष)  र असिम पौडेल पनि पक्राउ गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *