राष्ट्रियसभा बैठक : सञ्चारमन्त्रीको राजीनामा माग गर्दै काँग्रेसद्वारा बैठक अवरुद्ध

फागुन ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको राष्ट्रियसभा बैठक अबरुद्ध गरेको छ । बैठकको सुरुमै काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । 

बैठकको सुरुमै काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र प्रधानमन्त्रीले घटनाबारे प्रस्ट धारणा नआएसम्म बैठक अघि बढ्न नदिने राखेका थिए । उनले तीनवटा माग पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस सांसदहरु उठेर अवरोध गरेका हुन् ।   

बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रकृयाअनुसार माग सम्बोधन गर्नतर्फ लाग्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक फागुन १५ गते बस्नेगरी स्थगित भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *