दीपकलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाति युवा महासंघ नेपाल

फागुन २, युएई । “पहिचान सहितको संघीयताकालागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगारका लागि प्रथम युएई सम्मेलन” भन्ने मुल नाराका साथ  आदिवासी जनजाति युवा महासंघ नेपाल, शाखा युएईको १४ फेब्रुअरी का दिन एक कार्यक्रमका बिच घोषणा सभा सम्पन्न भएको छ । 

प्रमुख अतिथी आदिवासी जनजाति युवा महासंघ, नेपाल संघीय परिषदका अध्यक्ष जि.एस गुरुङले पानसमा दिप प्रज्ज्वलन गरि उद्घाटन गरेकाे उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  उनले जातीय मुक्ति आन्दोलनमा अहिलेसम्म सबैभन्दा धेरै आदिवासी जनजातीहरुले बलिदानी दिएको बताए ।  

यत्रो बलिदानिको बावजुतपनि आदिवासी जनजातीहरुको हकहितमा राज्यले अहिलेसम्म पुर्ण अधिकार नदिएको र जातीय पहिचान लाई मेटाउदै गएको भन्दै सरकार प्रती आक्रोश व्यक्त गरे । मन्तव्य कै क्रममा आफ्नो पहिचान र हक अधिकारका लागि आदिवासी जनजाती युवाहरू प्रवासमा समेत एकजुट भएर सांगठनिक संरचना निर्माण गरेकोमा खुशी व्यक्त गरे ।   

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, खेलकुद विभागका केन्द्रिय सदस्य एवं  राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रेखा लोप्चन तामाङ, नेपाली समाज युएई , एन आर एन युएई , नेफिन युएई , फोनिज युएई , नेपाल मगर संघ शाखा युएई , अन्तर्राष्ट्रिय नेपाली समाज युएई लगायत विभिन्न जिल्लागत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

डिबि लुङ्गेली मगरको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत रुपले सन २०२०-२०२२  को  दुई वर्षे कार्यकालको लागि दिपक थापा मगरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा क्रमशः  विष्णु कुमारी गुरुङ, पाल्तेन तामाङ, अजय चाम्लिङ राई, महासचिवमा  गोपाल श्रेष्ठ, सह-सचिवमा क्रमशः सृजना लिम्बू र सन्दिप राना मगर, कोषाध्यक्षमा अञ्जली लोप्चन तामाङ, सह-कोषाध्यक्षमा अरुण चौधरी रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः सोमनाथ राई, पासाङ शेर्पा, लक्ष्मण थापा मगर, सुनिल राजभण्डारि,  बसन्ती तामाङ, रमेश पुलामी मगर, विश्व राज मोक्तान रहनु भएकोछ । 

सुरेन्द्र गुर्मछान मगरको सभापतित्वमा सम्पन्न उक्त घोषणा सभाको संचालन  अञ्जली लोप्चन तामाङले गरेका थिए भने नयाँ निर्वाचित अध्यक्ष दिपक थापा मगरले युएईमा रहेका आदिवासी जनजाति युवाहरूलाई समावेशी तथा समानुपातिक हिसाबले समेटेर अघि बढने प्रतिबद्धता जाहेर गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *