‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ हुँदै

फागुन ५, काठमाडौं । नेपालकै सबैभन्दा ठुलो ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ हुने भएको छ ।  

नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायिक परिचय दिइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशमा भइरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले प्रदर्शनीको आयोजना गर्न लागेको हो ।  

फागुन १६, १७ र १८ गते चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्ग, भरतपुर चितवनमा हुन लागेको उक्त प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानवर्ग लगायतको संलग्तना रहने छ ।  

नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी विभिन्न क्षेत्रलाई प्रदर्शनीमा समेटिएको छ ।  

मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रा.लिको सहकार्यक्रमा हुन लागेको सो प्रदर्शनीमा २ सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुको प्रदर्शनी रहने छ । पोल्ट्री महासंघ अन्तर्गतका विभिन्न संघसंस्थाहरुको प्रत्यक्ष सहभागीतामा पोल्ट्री सम्बन्धित गोष्ठी, बैठक, अन्तरक्रिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।  

प्रदर्शनीमा नेपाली कृषकहरु, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ लगायत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजराइल, बंगलादेश लगायत अन्य देशहरुका पोल्ट्री कम्पनीहरुको उल्लेखनीय सहभागीता रहने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *