यस्तो बन्यो रिक्सा चालकको कथा बोकेको बुद्धिद्वारा अभिनित ‘धुलो’ को ट्रेलर

फागुन ७, काठमाडौँ । रिक्सा चालकको कथा बोकेको कलाकार बुद्धि तामाङ अभिनित चलचित्र  ‘धुलो’ ट्रेलर सार्वजनिक गरिएको छ ।  २ मिनेट ३६ सेकेण्डको उक्त ट्रेलरमा काठमाण्डौमा मजदुरी गर्ने मानिसको वास्तविक जीवनशैली, सपना, संघर्षको बारेमा देखाईएको छ ।   

प्रद्युम्न मिश्रणको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा बुद्धि सँगै बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डेको अलवा बालकलाकार सुदीप कार्की लगायत कलाकारको भूमिका रहेको छ । चलचित्रमा बिशेष भूमिकामा कलाकार नीर शाह, सुशिल पोखरेल तथा लक्ष्मी बर्देवा देखा परेका छन् ।   

लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेकको यस चलचित्रलाई रविन आचार्यले छायांकन र अर्जुन जिसीले सम्पादन  गरेका हुन् ।  चलचित्रको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।  चलचित्रको प्रदर्र्शन मिति भने फागुन १६ गते तोकिएको छ ।   

https://youtu.be/FNQtLjXaNmg 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *