काेराेना भाइरसः चीनको वुहानबाट नेपालीलाई फर्काइँदै, अलग्गै राख्ने तयारी

फाइल तस्विर 

  

माघ १९, काठमाडौं । चीनमा गएको डिसेम्बरदेखि फैलिएको कोरोना भाइरस अझै नियन्त्रणमा आउन सकेको छैन । संक्रमित र मृतकको संख्या झनझन् बढ्दो छ ।   

Image result for चीनमा नेपाली

चीनमा हालसम्म कोरोना भाइरसबाट ३ सय ४ जनाको मृत्यु भइसकेको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन् । त्यस्तै थप २५ सय ९० बिरामी फेला परेका छन् । हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।   

यो भाइरस एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । जसमा नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, ताइवान, थाइल्याण्ड, बेलायत, युनाइटेड स्टेट्स, यूएई र भियतनाम रहेका छन् । 

विभिन्न देशले चीनमा रहेका आफ्नो देशको नागरिक धमाधम फर्काइरहेका छन् भने चिनियाँ उडानमा समेत प्रतिबन्ध लगाइरहेका छन् ।   

नेपालका केही एयरलाइन्सले पनि चिनियाँ उडान प्रतिबन्ध लगाइसकेका छन् । चीनमा संक्रमणको जोखिममा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने तयारी सुरु गरिसकिएको छ । 

११ विश्वविद्यालयका १८८ नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा आइसकेका छन् । स्वदेश जान इच्छुक छौँ भनेर फारम भरेकालाई फिर्ता ल्याइने छ ।   

नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिनेछ ।   

चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याउने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्याउने नेपालको तयारी छ ।   

यता फर्काइएका नेपालीलाई सुरक्षित स्थानमा राख्नका लागि स्थानको खोजी पनि तीव्र पारिएको छ । यदी उनीहरुमा कोरोना भाइरसको भएको रहेछ भने अरुलाई नसरोस भन्ने हेतुले उनीहरुलाई सुरक्षित रुपमा अलग्गै राख्न लागिएको हो । उनीहरुलाई सिधै घर नपठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

काठमाडौं नजिकका सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टर, ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोट जाने बाटोमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र लगायतलाई सम्भावित स्थानको रुपमा हेरिएको छ ।   

कोरोना भाइरस संक्रमण भए पनि त्यसका लक्षण देखिन करिब दुई हप्ता बढी समय लाग्ने हुँदा यस अवधिभर ती नेपालीलाई क्वारेन्टाइनमा राख्न यी स्थानको खोजी गरिएको हो। १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्‍वारेन्टाइनमा राखिने छ। 

यद्यपी यहाँ नै राख्ने भन्ने कन्फर्म भइसकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *