चालक निदाएपछी ट्रकले दियो घरलाई ठक्कर

फागुन १४, काठमाडौँ ।  तनहुँमा गुडिरहेको ट्रकमा चालक निदाएपछी ट्रक एक घरमा ठोक्किएर दुर्घटना भएको छ ।   

वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक चालक निदाएपछी  तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीका अवस्थित उक्त घरलाई ठक्कर दिएर दुर्घटना भएको हो ।   

ट्रकले स्थानीय भोजराज पन्तको घरमा ठक्कर दिएको थियो । उक्त दुर्घटनामा  ट्रक र घरको अगाडीको भागमा क्षेती पुगेको छ भने चालक सामान्य घाइते भएका छन् । 

ट्रकले घरलाई ठक्कर दिँदा घरमा कोही पनि नभएको कारण कुनै अप्रिय घटना भने नघटेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *