सौगात र दीयाका यस्तो छ ‘मन्त्र’ को टिजर


माघ २७, काठमाडौं । हिमाली भेगको सुन्दर दृश्य समावेश गरी प्रेमकथालाई आधारित राखेर बनाईएको चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ ।
खिल बहादुर गुरुङले निर्देशन गरेको यस चलचित्रमा सौगात मल्ल र दिया बुद्धि तामाङ र नमिता तामाङ, वीर बहादुर लामालगायत कलाकारको अभिनय रहेको छ ।
१ मिनेट २७ सेकेण्डको सार्वजनिक टिजरमा सौगात र दिया पुनको प्रेममा आउने उताबचढाबलाई प्रस्तुत गरिएको छ । नायक सौगात र नायिका दीयाले पहिलो पटक यस चलचित्र मार्फत स्क्रिन शेयर गरेका हुन्।
मनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर, सह निर्मातामा रबिराज कार्की, सुरेश कार्की, विरबहादुर लामा र सुभ श्रेष्ठ रहेका छन् । साम्तेन भुटियाको लेखन रहेको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।
हाल चलचित्रको छायाँकन गोरखाको मनास्लू क्षेत्रमा भइरहेको छ । चलचित्रलाई नयाँ वर्ष २०७७ मा प्रदर्शन गर्ने तयारी भए पनी तर, कुन दिन प्रदर्शनमा ल्याउने हो, सार्वजनिक गरिएको गरिएको छैन ।
https://youtu.be/i8I9X2jx6g0
