२६ लाख भन्दा बढि अवैध रकमसहित ४ पक्राउ

फागुन १३, काठमाडौँ । पर्सामा  २६ लाख  लाखभन्दा बढि अवैध रकमसहित ४ जना पक्राउ परेका छन् ।   

प्रहरीले अवैध रकम  २६ लाख ७१ हजार रुपैयाँसहित रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय राजुकुमार कलवारलाई पक्राउ गरेको हो ।   

पक्राउ परेका चार मध्ये  बीआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमा सवार विजय र राजुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका १६ भन्सार गेट अगाडिबाट रक्सौलबाट वीरगञ्ज आउने क्रममा  नियन्त्रणमा लिइएको हो ।   

त्यसैगरी बा.४८प. ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जय र जयलाललाई  वीरगञ्जको आदर्शनगरबाट नियन्त्रणमा लिईएको हो ।   

पक्राउ परेका सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख स्रोत नखुलको रकम फेला परिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार विजय र राजुको साथबाट भने स्रोत नखुलेको ७ लाख रुपैयाँ फेला पारिएको छ । 

पक्राउ परेका चारैजनामाथि  अवैध वित्तिय ९हुण्डी० कारोबारमा संलग्न रहेको आरोप लगेको र चारै जनालाई   अवैध वित्तिय कारोबार ९हुण्डी० शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाईएको प्रहरीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *