नायिका दीपिका पादुकोण फेरी ट्रोलको शिकार

पुस १६, भारत । आफ्नो पहिरन वा कुनै कारणले बेला मौकामा ट्रोलको शिकार भईरहने भारतकी चर्चित नायिका  दीपिका पादुकोण यस पटक फेरी ट्रोलको शिकार भएकी छिन् ।   

यस पटक पनि उनी आफ्नो पहिरनका करण  ट्रोलको शिकार भएकी हुन् । फेशनको मामलामा आफूलाई निकै अगाडी मान्ने नायिका दिपिकाले अचम्मको जिन्स, हाइ हिल्स र  शर्टमाथि कोरसेट लगाएपछी उनी ट्रोलको शिकार भएकी छिन् । उनकाे हिल्समा रिबन राखिएको छ । 

अहिले उनले लगाएको उक्त पहिरन सामाजिक संजालभरी निकै भाईरल भईरहेको छ । उनको यस लुक्सको कयौँ ट्रोल बनिरहेका छन् ।   

Image result for कोरसेट

सामाजिक संजालमा उनलाई ट्रोल गर्दै एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्‍यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ रु’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ? ’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *