राउण्ड टेबलद्वारा ४४ विद्यार्थीलाई न्यानो कपडा बितरण

माघ ६, धरान ।  धरान–१७ स्थित रहेका श्री सम्यक शिक्षा आधारभूत विद्यालयलाई धरानका सामाजिक संस्था राउण्ड टेबल २६ ले बालबालिकाहरूलाई जाडोमा लगाउने न्यानो कपडा बितरण गरेको छ । 

धरान राउण्ड टेबलका सदस्यहरूको श्रीमतीहरूको सहयोगमा सो विद्यालयमा अध्ययनरत गरिब, असाहाय तथा बिपन्न ४४ जना विद्यार्थीहरूलाई लुगा कपडा बितरण गर्नुक साथै एक दिनको खाजा पनि खुवाएका थिए । सो कार्यक्रममा धरान राउण्ड टेबलका सचिव कृष्ण अटल, सदस्य मिनेस अग्रवाल लगायतको उपस्थिति रहेको थियो । 

धरान राउण्ड टेबल २६ का अध्यक्ष लक्ष्मी कान्त वियानीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उता सोही कार्यक्रममा लियो क्लब अफ धरान घोपाले सम्पूर्ण विद्यार्थीहरुलाई हात धुने अभ्यास र दाँत माझ्ने सम्बन्धी ज्ञान पनि दिएको थियो । लियो क्लब अफ धरान घोपाबाट तेजप्रकाश शाह, सलमान हैदर हुसेन, सुसान्त थापा र सिद्धार्थ गुप्ताले प्रशिक्षण दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *