नागढुंगाबाट भन्सार छलिका डेढ करोड बराबरको मोवाईल सहित दुई पक्राउ

माघ ८, काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाले करिब भन्सार छलिका डेढ करोड बराबरको मोवाईल सहित दुई पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा प्रभाग नागढुगाका प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वको टोलीले बिभिन्न कम्पनिका ६३४ थान मोबाईल सहित २ जना मानिस पक्राउ हो । 

महानगरीय प्रहरी परिसर काठमाडाैँका  प्रमूख उत्तम सुवेदीले काठमाडाैँ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा भैरहवाबाट काठमाडाैँतर्फ आउँदै गरेको भारतीय नं प्लेट डि.एल.२ सी.ए.टि ७०१७  नं को ईनोभा ब्राण्डको खरानी रंगको कारभित्र एयर व्याग रहेको स्थान, सिट, डिकी लगायत बिभिन्न स्थानहरूलाई फल्स बटमको रुपमा प्रयोग गरी स्यामसुङग, ओप्पो, आईफोन, रेडमी, रियलमी, मी, भिभो, छियोमी, लिनोभा, हुवाई, एलजी, नो लगायत विभिन्न १८ वटा ब्राण्डका ६३४ वटा मोबाईल सहित २ जना मानिस नियन्त्रणमा लिएको बताए । 

प्रहरी प्रमूख सुवेदीका अनुसार पक्राउ पर्नेमा पर्नेमा काठमाण्डौ जिल्ला कामनपा ३४ घर बताउने वर्ष अं। ४० को उमेश भट्ट तथा जिल्ला सिन्धुपाल्चोक चौतारा ९ घर बताउने वर्ष ३५ को ईन्द्र बहादुर कटुवाल रहेका छन् । 

उनीहरुको साथबाट साथमा एलसिडी तथा त्यग स्कृन ८६ थान समेत बरामद भएको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले जिल्ला पक्राउ उक्त बिभिन्न मोडलका मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको हो ।   

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले थप अनुसन्धान तथा कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भैरहेको बताए । डिएसपी श्रेष्ठले वरामद गरिएको मोवाई  उक्त मोवाईलहरूको अनुमानित बजार मुल्य रू १ करोड ५० लाख रूपैया रहेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुगाले केहि दिन पहिले पनि करिब ३५ लाख मुल्य बराबरको १०७ थान भन्सार छलिको बेवारिसे बिभिन्न कम्पीको मोवाईल बरामद गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *