क्रुज सिपमा उपराष्ट्रपति पुन

माघ १०, चितवन । चितवनको भरतपुरमा निर्माणाधिन क्रुज सिप (मिनि पानी जहाज ) को उपराष्ट्रपति नन्दबहादुर पुनले निरीक्षण गरेका छन् ।   

शनिबारदेखि नारायणी नदि किनारमा सुरु हुन लागेको कोटिहोम महायज्ञको उद्घाटन गर्न चितवन आएका उपराष्ट्रपति पुनले शुक्रबार भरतपुर काभ्रेघाटमा निर्माण भईरहेको क्रुज सिपको निरीक्षण गरेका हुन् ।   

निरीक्षणपछि उनले केही बेर क्रुज सिपमा यात्रा समेत गरे । यात्राका क्रममा उपराष्ट्रपति पुनले नेपालको विकासमा क्रुज सिप निर्माण कोशेढुंगा सावित हुने बताए । उनले आजै नवलपुरको दुम्कौलीमा रहेको शाश्वत धामको समेत दर्शन समेत गरेका छन् ।   

नारायणी नदी किनारमा शनिबारदेखि एक महिने लामो कोटिहोम महायज्ञ सुरु हुँदैछ । जसबाट २५ करोड संकलन गर्ने र ३ करोड जति खर्च हुने अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *