नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक

माघ ९, काठमाडौँ ।  रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गरेको छ ।   

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गरेको छ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडीमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु रहेका छन । 

रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने  ‘हामी हाम्रो नयाँ गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरुमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउदै हाम्रा अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं ।’   

रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी रहेको कम्पनीले जनाएको छ । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता रहेको छ ।   

एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।”   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *