‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ गीत सार्वजनिक

माघ ८, काठमाडौँ ।  नेपाली स्टार  विपिन कार्कीको मुख्य भूमिका रहेको  चलचित्र  ‘सेल्फी किङ’को जिन्दगीको के छ र भर बोलको गीत सार्वजनिक गरिएको छ ।   

चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो  ।   

केतन क्षेत्रीको आवाज रहेको यस गीतमा सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द रहेको छ । गीतको एरेन्ज भने उदय राज पौडेलले गरेका हुन् ।   

Image result for सेल्फी किङ्ग

माघ २४ गते प्रदर्शन मिति तोकिएको यस चलचि ड्रामेडी (ड्रामा र कमेडी) जनरामा निर्माण गरिएको छ ।  चलचित्रमा‘सेल्फी किङ्ग’ नाम गरेको एक चर्चित टेलिभिजन कलाकारको ३ दिने यात्राको कथा देखाईएको छ । 

चलचित्रमा मुख्य भूमिकामा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकार रहेका छन् ।   

विशाल सापकोटाले निर्देशन गरेको यस चलचित्रमा निर्देशक विशालकै लेखन रहेको छ ।  चलचित्रलाई  ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही चलचित्रका का निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।   

चलचित्रमा सुसन प्रजापतिको छाँयांकन र जिवन थापाको सम्पादन रहेको छ ।  

https://youtu.be/PYIlWmn0-C0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *