मकवानपुरमा बुद्धचित्त र रुद्राक्षको माला सहित तीन पक्राउ

पुस २८, मकवानपुर । प्रहरीले मकवानपुरमा बुद्ध चित्तको माला र रुद्राक्षको माला सहित ३ जनालाई पक्राउ गरेको छ ।   

मकवानपुरको  मनहरी गाउँपालिका ७ मनहरीबाट प्रहरीले  बुद्ध चित्तको माला र रुद्राक्षको माला सहित भारत बिहार बस्ने ३२ वर्षीय मुन्ना यादब लगायत ३ जनालाई  पक्राउ गरेको  हो ।   

काठमाडौंबाट भारततर्फ जाँदै गरेको उनीहरु सवार बीआर ०१ पीएच ४९४० नम्बरको जिप जाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय मनहरीले  जनाएको छ ।   

प्रहरीका अनुसार उनीहरुले  झोला र प्लास्टिकको बोरामा लुकाई छिपाई लैजादैँ गरेको  बुद्ध चित्तको माला १ हजार ७ सय ७० थान, सोको दाना करिब २५ किलो र रुद्राक्षको माला १ सय ४४ थान बराम गरिएको छ ।   

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *