हिउँले पुरिएकाे अवस्थामा मृत भेटिए गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवक

माघ १३, काठमाडौँ ।  माघ ३ गते देखि गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका दुई युवा सोमबार हिउँले पुरिएकाे अवस्थामा मृत फेला परेका छन् ।   

पदयात्रामा जाने क्रममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँले पुरिएको अवस्थामा मृत फेला परेका हुन् ।   

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहेका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूह खटिएका थिए । सोही समूहले उनीहरुको शव फेदीको खोँचस्थित हिउँले पुरेको अवस्थामा फेला पारेको हो ।   

Image result for मृत

हराएको युवाहरुको खोजीको लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको प्रयोग गरे पनि थाहा पाउन नसकेपछी उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने भएपछी उक्त लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मी खोजीकार्यको लागि जुटेका थिए ।   

प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार उनीहरुको शव परीक्षणका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाउन  तयारी भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *