३ लाख आसामी प्रमोदको आवाजमा झुमिए

पुस २४, काठमाडौँ ।  आसाममा १२ दिन सम्म चलेको  ‘डेइजिंग फेस्टिभल’ सकिएको छ । फेस्टिभल जनवरी ७ मा सकिएको हो  । 

उक्त फेस्टिभलमा आफ्नो प्रस्तुती दिन फेस्टिभलको अन्तिम दिन पुगेका गायक प्रमोद खरेलले गीत गाउँदा त्यहाँका करिब ३ लाख दर्शक उनको गीतमा झुमिएका थिए ।   

एसियाका विभिन्न कलाकार, सहित बलिवडका मिका सिंह, विशाल शेखर, निति मोहनले समेत प्रस्तुति दिएको उक्त  कन्सर्टमा सहभागी हुने प्रमोद नेपालको पहिलो गायक हुन् ।   

आफ्नो ब्यान्ड सहित गायिका मिना निरौलालाई लिएर स्टेज उत्रिएका प्रमोदले पुराना नेपाली हिट गीतहरुसँग बोडो गीत बागुरुम्बा फ्युजन गरेर गाउँदा त्यहाँका दर्शकहरु निकै उत्साहित हुँदै उनलाई साथ दिएका थिए ।  गायक खरेलले आफ्नो हिट गीतदेखि पुराना गीतहरु गाउँदै करिब २ घण्टा सम्म स्टेज तताएका थिए । उनले म बिना, झुम्कावाली, हंगामा भो जस्ता गीतहरु गाएका थिए । 

बेला बेला आसामीज भाषामै सम्वोधन गर्दै प्रमोदले आसामलाई मेरो मामाघर भनेपछि ‘भान्जा भान्जा’ भन्दै धेरै दर्शकले हुटिङ गरेका थिए । 

फेस्टिभलमा प्रमोदले भिजिट नेपालको पनि प्रचार गर्न भ्याए । उनले दर्शकलाई भ्रमण बर्ष २०२० मा नेपाल आउन निमन्त्रणा गर्दै आयोजक सदस्यलाई नेपाली ढाका टोपी समेत लगाई दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *