‘लप्पन छप्पन २’ को टिजर एक्सनले भरिपूर्ण

पुस २८, काठमाडौँ । बैशाख १२ गते  प्रदर्शन मिती तोकिएको चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ ।   

 सौगात मल्ल र अर्पण थापा स्टारर फिल्म लप्पन छप्पन २ काे सार्वजनिक गरिएकाे उक्त  १ मिनेट २३ सेकेण्ड लामो टिजरमा  चलचित्रका केही मुख्य अंश समेटिएकाे छ ।  टिजरमा सौगात, अर्पण, शिव श्रेष्ठ र अनुप विक्रम शाहीलाई एक्सनमय अवतारमा देखाईएको छ ।  टिजरबाट फिल्म पैसाको चलखेलको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।   

चलचित्रमा सौगात, अर्पण,  शिव, अनुप अलवा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको भूमिका रहेको छ ।   

Related image

यस चलचित्र शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत ओन्ता लगायत कलाकारको डेव्यू चलचित्र रहेको छ ।     

मुकुन्द भट्टले निर्देशन गरेको  यस चलचित्रमा लेन्द्रराज तिमल्सिना प्रस्तुतकर्ता रहेका छन् ।   

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा चलचित्रलाई चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर निर्माण गरेका हुन्। 

पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट ९एमआरआरजे०, दीपक आरजे र बुलेट फ्लोको संगीत छ । 

https://youtu.be/OvImPGQxnQQ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *