सम्भव भएसम्म परिमार्जन गरेर एमसीसी अनुमोदन गरिन्छ : प्रचण्ड

माघ १०, नवलपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्नुपर्ने बताएका छन्। 

शुक्रबार नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी धेरै पहिला आएको भएपनि अमेरिकाले इन्डोप्यासेफिक रणनीति अगाडि ल्याएपछि विवाद भएको बताए ।यस बारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उनले राष्ट्र हितलाई ध्यानमा राखेर मात्रै अघि बढाउने बताए ।   

उनले भने, हामीले सचिवालय बैठकमा पर्याप्त छलफल गर्‍यौँ, एमसीसीको मुद्दा राष्ट्रियहित अनुकूल हुनेगरी, जरुरी पर्दा अमेरिकासँग पुनः संवाद गरेर, सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने स्प्रिटमा निर्णय गरेका छौँ ।’ 

पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले त्यसलाई पनि विचार गरेर नेपालको हितमा निर्णय गर्ने बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *