टाउको र घाँटीमा काटेको अवस्थामा युवकको शव फेला

पुस २१, बीरगञ्ज ।  वीरगञ्ज करिब २५ बर्षिय एक युवकको शव ‘टाउको र घाँटीमा काटेको अवस्थामा फेला परेको छ ।   

वीरगञ्जको ड्राईपोट–परवानीपुर सडक मा पहिचान खुल्न नसकिएको  ‘टाउको र घाँटीमा काटेको अवस्थामा उक्त युवकको शव फेला परेको हो ।   

घटनाको प्रकृती हेर्दा  धारिलो हतियारको प्रयोग भएको देखिएकोले उक्त युवकको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।   

Image result for काटेको अवस्थामा  शव फेला

जिलला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाही भने टाउको र घाँटीमा काटेको घाउको चोट छ’ उनले भने ‘घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएका छौं ।’ 

हाल युवाको पहिचान खुलाउने प्रयास भईरहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *