राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले १४ जनाकाे नाम टुंगाे लगायाे, (नामावली सहित)

पुस १९, काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार छानेको छ। पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।   

बाँकी २ उम्मेदवारको नाम पनि शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ। 

रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो। 

null

बाँकी २ जना उम्मेदवारको नाम पनि टुंगो लागेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गर्ने तयारी छ । माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचनकाे कार्यतालिका छ । आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ।   

कांग्रेसले प्रदेश नम्बर १ मा पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ) रसुनसरीकी मीना पुलामी मगर (महिला) तथा झापाका राजेन्द्र घिमिरे (अन्य) काे नाम टुंगाे लगाएकाे छ । यसैगरी प्रदेश नम्बर २ मा महोत्तरीकी नगिना यादव (महिला) र धनुषाका भोला पन्जियार (अल्पसंख्य/अपांगता) बाट छन् ।   

प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य) र चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला) रहेका छन् । गण्डकी प्रदेशमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य) र म्याग्दीकी विमला गौचन (महिला) छन् ।   

प्रदेश नम्बर ५ मा अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य), दाङकी गिरिजा न्यौपाने (महिला) र बाँकेकी मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता) बाट उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । भने, कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी रहेकाे छ ।   

सुदुरपश्चिम प्रदेशमा बैतडीका प्रताप ठगुन्ना (अन्य) र कैलालीकी तुलसी देवकोटा (महिला) काे नाम टुंगाे लगाएकाे छ ।  

यी हुन् कांग्रेस उम्मेदवार: 

प्रदेश नम्बर १: 

पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ) 

सुनसरीकी मीना पुलामी मगर (महिला) 

झापाका राजेन्द्र घिमिरे (अन्य) 

प्रदेश नम्बर २: 

महोत्तरीकी नगिना यादव (महिला) 

धनुषाका भोला पन्जियार (अल्पसंख्य/अपांगता) 

प्रदेश नम्बर ३: 

सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य) 

चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला) 

गण्डकी प्रदेश 

स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य) 

म्याग्दीकी विमला गौचन (महिला) 

प्रदेश नम्बर ५ 

अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य) 

दाङकी गिरिजा न्यौपाने (महिला) 

बाँकेकी मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता) 

कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी 

सुदुरपश्चिम प्रदेश 

बैतडीका प्रताप ठगुन्ना (अन्य) 

कैलालीकी तुलसी देवकोटा (महिला) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *