एनसेलले बुझायो ४ अर्व ५० करोड पूँजीगत लाभकर

पुष १५, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । सर्वोच्च अदालतले जरिवाना छुट दिएर फैसला गरेपछि एनसेलले फैसला भएदेखि तिर्नुपर्ने २२ अर्व ६४ करोड रुपैंया निर्धारित पुँजीगत लाभकरमध्ये ४ अर्व ५० करोड रूपैयाँ तिरेको हो ।   

बाँकी १८ अर्ब ८ करोड आयकर ऐनले दिएको सुविधा अनुसार किस्ताबन्दीमा तिर्न पाउनुपर्ने निवेदन एनसेलले ठूला करदाता कार्यालयमा दिएको छ। आयकर ऐनले निर्धारण भएको कर करदाताले किस्ताबन्दीमा तिर्न सक्ने सुविधा दिएको छ। 

यस्तो सुविधा एनसेलले २०७७ साल असार मसान्तसम्म मात्र पाउने छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *