कास्की २ मा विद्या भट्टराई विजयी, खेमराजले दिए बधाई !
मंसिर १५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले नेकपा उम्मेद्वार भट्टराई विजयी भएकी हुन् ।
उनले २४ हजार ३९४ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९९१ मत ल्याएका छन् ।
यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए ।
उनको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ नेकपाबाट रविन्द्रपत्नी विद्या भट्टराई उठेकी हुन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेस लगायत २१ जना उमेदवार थिए ।