अन्ततः सिद्धबाबा भनिने कृष्णदासलाई एम्बुलेन्समै हालेर लग्यो प्रहरीले, रुँदै महिलासँग भने मलाई माफ गरिदेऊ (भिडियोसहित)

मंसिर १६, इटहरी । आफ्ना भक्त महिलालाई बलात्कार गरेको आरोपलागेको लामो समयपछि सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोप लागेको समयदेखि नै बिरामी भएको भन्दै अस्पतालमा रहेका गिरीलाई सोमबार बिहान ५ बजे प्रहरीले अस्पतालबाटै एम्बुलेन्सान हालेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो ।   

उनलाई आइतबार दिउँसो हार्टअट्याक भएको भन्दै विराटनगरस्थित बिराट नर्सिङ होमको आइसीयूमै राखिएको थियो । बलात्कार जास्तो मुद्दामा प्रहरीले पक्राउ नगरेको भन्दै विरोध हुन थालेपछि प्रहरीले अस्पतालबाटै गिरीलाई पक्राउ गरेको हो ।   

गिरीको स्वास्थ्य अवस्था सामान्य देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले बताए । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको प्रहरीले जनाएको छ ।   

यसअघि सिद्धबाबा भनिने गिरीले आफ्नो गल्ती भएको भन्दै पीडित महिलासँग माफ गर्न र आफूलाई बचाउन आग्रह गरेको अडियो सार्बजनिक भइसकेको छ । उक्त अडियोमा कृष्णदासले आफुबाट गल्ती भएको भन्दै रुँदै ती महिलासँग माफि मागेका छन् भने आफूविरुद्धको उजुरी फिर्ता लिन पनि आग्रह गरेका छन् ।   

ती महिलाले आफूमाथि कृष्णदासले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । शुरुमा प्रहरीले समेत उक्त महिलाको जाहेरी लिन मानेको थिएन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *