प्रचण्डकाे अध्यक्षतामा नेकपाकाे सचिवालय बैठक सुरु

मंसिर १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि आज पहिलो पटक सचिवालय बैठक बसेकाे हो । 

नियमित बैठककै रूपमा बोलाइएको बुधबारको सचिवालय बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *