प्रचण्डले गरे निर्माणाधिन रंगशालाको अवलोकन

पुस ११, चितवन ।  पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शुक्रबार शुक्रबार  अवलोकन गरेका छन ।  

प्रचण्ड सँगै  साझा पार्टीका संयोजक रविन्द मिश्र,  प्रदेशसभा सदस्य बिजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित थिए।   रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए ।  

रङ्गशालाको कामले गति लिएकामा उत्साहित रहेको भन्दै प्रचण्डले भने ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ’ ।  रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकोमा आफू खुशी भएको उनले प्रतिक्रिया दिए ।   

Image result for प्रचण्ड’

सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि उनले आग्रह गरे । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *